बुटवल पावर कम्पनीले यसअघि निश्कासन गरेको एफपिओ बाँडफाँड नहुँदै बजार मूल्य घटेको छ। एफपिओमा भन्दा बजार मूल्य प्रतिकित्ता ४ रुपैयाँले सस्तो भएको छ। निरन्तर बजार झरेपछि बुटवल पावरको मूल्य एफपिओभन्दा तल आएको हो।
सोमबार कम्पनीको मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ कायम भएको छ। कम्पनीले यसअघि प्रतिकित्ता ५०१ रुपैयाँमा एफपिओ निश्कासन गरेको थियो। कम्पनीको सेयर आज प्रतिकित्ता ४९१ रुपैयाँसम्म कारोबार भएको थियो।
सम्पूर्ण रुपमा एफपिओ नबिकेपछि कबोल गरेका कम्पनीहरुले एफपिओ सकारेका थिए। व्यक्तिगत र संस्थागत दुवैतर्फबाट२ अर्ब ४ करोड एफपिओ नबिकेपछि करिब ५८ करोड रुपैयाँको एफपिओ अन्डरराइटरले कबुलेका थिए।
महँगो मूल्यमा ठूलो संख्यामा सेयर निश्कासन हुँदा कम्पनीको एफपिओमा आवेदन कम पर्न गएको थियो।