अघिल्लो दिन ५ अंकले बढेको नेप्से परिसुचक १८ अंकले घटेको छ।
बजार १३४५ अंकमा कायम हुँदा १६० कम्पनीको ५४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन सबै उपसुचकहरु घटेका छन्। कारोबार उच्च हुँदा नेप्से १३६४.६० र न्युनतम १३४४.४२ अंक सम्म पुगेको थियो।
बैंकिङ १४, ब्यापार ६, होटल २८, बिकास बैंक १८, जलबिधुत २८, फाइनान्स ९, विमा १५१, उत्पादन ४, अन्य १०, माइक्रोफाइनान्स २२ अंकले घटे।
प्रभु बैंकको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो। ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार गरेको प्राइम लाइफ पनि कारोबारको आधारमा अगाडि रह्यो।
सुर्योदय लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ३ प्रतिशत कमाए। त्यस्तै धेरै कमाउनेमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे।
धेरै गुमाउनेमा सिभिल बैंकका लगानीकर्ता रहे। जसका लगानीकर्ताले ५ प्रतिशत गुमाए। त्यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि गुमाउनेमा अगाडि रहे।