एक हप्ता देखि ओरालो लागेको शेयर बजारको परिसुचक नेप्से आज केहि बढेको छ।
बजार १३६४ अंकमा कायम हुँदा १५३ कम्पनीको ५५ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा यो कारोबार ४४ लाख रुपैयाँले बढि हो।
नेप्से उच्चतम बिन्दुमा पुग्दा १३७६.९६ अंक सम्म पुगेको थियो।
अाज बैंकिङ ५, होटल ३१, फाइनान्स ३, अन्य ११, माइक्रोफाइनान्स उपसुचक ०.९ अंकले बढेका छन् भने बिकास बैंक ०.३, हाइड्रोपावर १, बिमा २, उत्पादन १० अंकले घटे।
नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको ६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। ६ करोड १८ लाख रुपैंया बराबरको कारोबार गरेको प्रभु बैंक पनि कारोबारका आधारमा अगाडि रह्यो।
गोर्खा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै ५ प्रतिशत कमाए। धेरै कमाउनेमा कालिका माइक्रोक्रेडिट बिकास बैंक पनि अगाडि रह्यो।
सबैभन्दा धेरै गुमाउनेमा कंचन बिकास बैंकका लगानीकर्ता रहे। जसका लगानीकर्ताले ९ प्रतिशत गुमाए। त्यस्तै प्राइम लाइफ इन्सुरेन्सको पर्मोटर सेयरका लगानीकर्ताले ५ प्रतिशत गुमाएर धेरै गुमाउनेमा अग्रस्थानमा रहे।