प्रिमियर इन्स्योरेन्सको एफपिओ आज बाँडफाँड गरिएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलले नक्सालमा एक कार्यक्रमको आयोजना गरी बाँडफाँड गरेको हो।
कुल ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ खुलाइएको थियो। जसमा १ लाख ८९ हजार बढीले आवेदन दिएकोमा १ लाख ८६ हजार आवेदन स्वीकृत भएका थिए।
स्वीकृत आवेदनबाट गोलाप्रथा गर्दा ६५ हजार ९५१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी ५५ कित्ता सेयर ५ जनाले ११ का दरले पाएका छन्। १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकाबाट ११ कित्ता पाउनेहरु छनौट भएका हुन्।
एफपिओ पर्नेहरुले पनि कम्पनीले यसअघि घोषणा गरेको १३. ५२ प्रतिशत बोनस सेयर पाउने छन्। प्रतिकित्ता ७९९ का दरले खुलाइएको एफपिओबाट ३ अर्बभन्दा बढी रकम संकलन भएको छ। कम्पनीको चुक्ता पुँजी ५८ करोड नाघ्नेछ।