सोमबारको कारोबारपछि नेप्से १४ सय अंकमा कायम भएको छ। अघिल्लो दिनको तुलनामा ५ दशमलव ७६ अंकले नेप्से ओर्लिएको हो।
यस दिन १६० कम्पनीको २८ करोड ५५ लाखको कारोबार भयो। कारोबार रकम अघिल्लो दिनको तुलनामा ७ करोडले कमी हो।
व्यापार र जलविद्युत बाहेक सबै उपसमूह घटेका छन्। व्यापार ६ तथा जलविद्युत ०. ४ अंकमा बढे। बैंकिङ ५, होटल १७, विकास बैंक ७, फाइनान्स ३, बिमा १६, अन्य र माइक्रोफाइनान्स ५–५ अंकमा ओर्लिए।
नेपाल लाइफ इन्स्योरेन्स कारोबारका आधारमा अग्रस्थानमा रह्यो। कम्पनीको कुल १ करोड ४९ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता १७९० मा कायम भएको छ।
त्यस्तै नविलको १ करोड २२ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता १०५२ कायम भएको छ। नेपाल बैंक, राष्ट्रिय बिमा कम्पनी पनि कारोबारका आधारमा अगाडि देखिए।
सिन्धु विकास बैंक, विशाल बजार कम्पनीका लगानीकर्ताले ४ प्रतिशत नाफा कमाए। मल्टिपर्पोज फायनान्सका लगानीकर्ताले भने १० प्रतिशत गुमाए।