यूरोको मूल्य बढेको छ। २० दिनको अवधिमा यूरोको मूल्य नेपाली मुद्रासँगको बिनिमयदरमा ५ रुपैयाँले महँगिएको छ।
नेपाल राष्ट्र बैंकले तोकेको बिनिमयदरअनुसार पुस २६ गते प्रति यूरोको बिक्रीदर मूल्य १२१ रुपैयाँ ९५ पैसा रहेकोमा आज यो दर १२६ रुपैयाँ ६७ पैसा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा यूरोमा प्रभाव परेको बताइएको छ। यसबीचमा अमेरिकी डलरको मूल्य भने बढ्न सकेको छैन। पुस २६ गते डलरको बिक्रीदर मूल्य १०२ रुपैयाँ २४ पैसा रहेकोमा आज १०१ रुपैयाँ ९८ पैसा तोकिएको छ।