स्टान्डर्ड चार्टड बैंकले ६ महिनामा एक अर्ब १ करोड खुद नाफा कमाएको छ।
साउनदेखि पुससम्मको सार्वजनिक वित्तीय विवरणअनुसार उसको नाफामा २६ करोडको वृद्धि भएको छ। गत वर्षको यस अवधिमा ७४ करोड १ लाख खुद नाफा कमाएको थियो।
बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ छ। त्यस्तै मूल्य आम्दानी अनुपात ४१ छ। बजारमा कम्पनीको मूल्य प्रतिकित्ता ९८० रुपैयाँको आसपासमा छ। कम्पनीको चुक्ता पुँजी ८ अर्ब पुगेको छ।
त्यस्तै जगेडा कोषको आधार ४ अर्ब ८६ करोडको छ। नेटवर्थ १६० रुपैयाँ छ। निश्क्रिय कर्जा ०. १७ प्रतिशत छ। गत वर्ष यस अवधिमा यो ०.२६ थियो।