बुटवल पावर कम्पनीको एफपिओ बिक्री खुल्ला भएको छ। कम्पनीको ४० लाख ८१ हजार कित्ता एफपिओमा बिक्री खुल्ला भएको हो।
एफपिओको मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ छ। बजारमा यसको मूल्य ६३० रुपैयाँको हाराहारीमा छ। न्यूनतम १० तथा अधिकतम २० हजार ४ सय कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार एफपिओमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ। आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।
बुटवल पावरको हाल प्युठानको दारिमचौरमा १२ मेगावाटको झिमरुक, स्याङ्जाको गल्याङमा ९. ४ मेगावाटको आँधिखोला जलविद्युत आयोजना संचालनमा छन्। कम्पनीले ६० मेगावाटको खिम्ती आयोजनामा पनि लगानी गरेको छ।
निर्माणाधिन ३० मेगावाटको न्यादी तथा ३७ मेगावाटको काबेली ए आयोजनामा पनि कम्पनीले लगानी गरेको छ। एफपिओ बिक्रीबाट प्राप्त हुने ४०. ८१ करोड यिनै दुई आयोजनामा लगानी हुने कम्पनीले जनाएको छ। ति दुई आयोजनामा उपयोगपछि भवन निर्माणका लागि लिइएको ऋण चुक्ता गर्न सकिने बिपिसीले जनाएको छ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ८१ करोड छ। कम्पनीको हालको वित्तीय स्थिति भने मजबुत छैन। तत्कालीन लाभका लागि कम्पनीको एफपिओ लगानी जोखिमपूर्ण देखिन्छ। यसअघि पहिलो त्रैमासिक अवधिको स्थिति हेर्दा उसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९९ पैसा छ। नेट वर्थ २३० छ।