ग्लोबल आइएमई बैंकले ११ औँ वार्षिकोत्सवको अवसरमा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
बाग्लुङ्गकोे बुद्ध सिनेमा हलमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा स्थानीयवासीलाई वित्तीय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी गराइएको बैंकले जनाएको छ।
बैंकका अनुसार कार्यक्रममा एक सयभन्दा बढी सहभागिता जनाएका थिए। यसैबीच बैंकले बाग्लुङ्गको निसीखोला गाउँपालिकामा ६५ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ।
बैंकका हाल ११३ वटा शाखा, १२७ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।