सिद्धार्थ बैंकको १० प्रतिशत हकप्रद सेयर आगामी फागुन २ देखि निश्कासन हुने भएको छ। कम्पनीको कुल ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद बिक्री खुल्ला हुने भएको हो। बोनस र यो हकप्रद जारी गरेपछि मात्रै बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्नेछ।
हकप्रद निश्कासनको बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति चैत ६ गते तोकिएको छ। माघ २२ गतेभन्दा अगाडिका दिनसम्म सेयर हुनेहरु यसमा हकदावी गर्न पाउनेछन्। बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३७२ रुपैयाँ रहेको छ।
बैंकले यस आर्थिक वर्षको पुस मसान्तसम्म ७७ करोड २८ लाख खुद नाफा कमाएको छ। बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा छ।