एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्।
ग्राहकहरुले मेडिसिटीमा उपचार गरेर भुक्तानी गर्ने बेलामा बैंकको भिसा डेविट कार्ड तथा क्रेडिट कार्डको प्रयोग गर्दा उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ।
ग्राहकलाई लाभान्वित गराउन तथा केही अतिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न योजनाहरु ल्याउने गरेको बैंकले जनाएको छ। हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ।