सेयर बजारमा बिहीबार करिब १० अंकको सुधार आएको छ। ९ दशमलव ८ अंकले बढेको नेप्से परिसूचक १४०४ मा कायम भएको छ।
२५९ कम्पनीको २८ करोड २२ लाख रुपैयाँको कारोबार भयो। बैंकिङ उपसूचक ८, व्यापार ८, होटल २७, जलविद्युत ६, फाइनान्स १, बिमा ८९, उत्पादन ३० र माइक्रोफाइनान्स २२ अंकले बढे।
विकास बैंक र अन्य उपसूचक भने झिनो अंकमा रातो रहे। कारोबारका आधारमा सानिमा माइ हाइड्रोपावर अग्रस्थानमा रह्यो। कम्पनीको १ करोड ८१ लाखको कारोबार भयो।
नेपाल बैंकको १ करोड १२ लाख तथा फरवार्ड माइक्रोफाइनान्सको १ करोड ११ लाखको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक पनि कारोबारका आधारमा अगाडि रहे।
विशालबजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशत नाफा कमाए भने गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ३ प्रतिशत गुमाए।