ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभाले सर्वसाधारणलाई कुल जारी पुँजीको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ।
अध्यक्ष पशुपति मुरारकाको सभापतित्वमा पोखरामा बसेको कम्पनीको पहिलो साधारणसभाले संचालक समितिको प्रतिवेदन, गत आवको लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै चालु आवको लेखापरिक्षक नियुक्त गरेको छ।
साथै संस्थापक समुहबाट संचालकहरु पशुपति मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला श्रेष्ठ महर्जन निर्विरोध चयन भएका छन्।
सो अवसरमा अध्यक्ष मुरारकाले छोटो अवधिमा सातै प्रदेशमा ४५ शाखा तथा उपशाखाबाट सेवा विस्तार हुनु सकारात्मक रहेको औंल्याए। ६ वटा आकर्षक वीमा योजना जारी गरेको कम्पनीले विभिन्न बैंकसँग बैंकासुरेन्स सम्झौता गरेको छ।