सिडिएस एण्ड क्लियरिङले सिआस्बा अनिवार्य गरेका बेला धितोपत्र बोर्डले एक महिनाको अवधिसम्म अनिवार्य नगर्न निर्देशन दिएको छ।
बोर्डले एक महिनासम्म अनिवार्य नगर्न कम्पनीलाई भनेको छ। सिआस्बा प्रणालीमा २५ वटा बैंक तथा वित्तीय संस्था मात्रै आवद्ध भएको र अन्य बैंक तथा वित्तीय संस्थामा खाता हुनेहरु आइपिओ, एफपिओ तथा हकप्रदबाट वञ्चित हुनुपर्ने अवस्था देखिएको भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो।
हाल बोर्डबाट अनुमति प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको करिव २५०० शाखाहरुबाट नेपालभर आस्वा लागू भैरहेको छ। ति सबैलाई सि आस्वामा समेट्न केही समय दिइनुपर्ने भएकाले एक महिनाको अवधिसम्म अनिवार्य नगर्न बोर्डले भनेको छ।
‘साथै लगानीकर्तालाई सि-आस्वा रजिष्ट्रेशन नम्बर प्राप्त गर्ने यथोचित अवसर दिनुपर्ने व्यवहारिक पक्षलाई केलाउँदै सम्बन्धित सरोकारवालाहरुको गुनासालाई दृष्टिगत गरेर एक महिनाको अवधि थप्न निर्देशन दिइएको छ’ बोर्डले विज्ञप्तिमार्फत भनेको छ।
एक महिनाको अवधिमा थप बैंक तथा वित्तीय संस्थाहरु सिआस्वामा जाने र लगानीकर्ताले भने रजिष्ट्रेसन नम्वर प्राप्त गर्ने बोर्डले विश्वास लिएको छ।
यो पनि हेर्नुहोस्अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रदमा आवेदन दिन पाइने