नेप्से परिसूचक १४ सय अंकमुनि झरेको छ। मंगलबारको कारोबारपछि ९ अंकले झरेर परिसूचक १३९३ अंकमा कायम भएको हो।
कुल १५५ कम्पनीको ३२ करोड २६ लाख रुपैयाँको कारोबार भयो। बजारको पुँजीकरण १६ खर्ब २८ अर्ब कायम भएको छ।
यस दिन सबै सूचकहरु ओर्लिएका छन्। सेन्सिटिभ सूचक २ अंकले घट्यो। बैंकिङ ६, व्यापार ०.५, होटल ३७, विकास बैंक ३, जलविद्युत २९, फाइनान्स ३, बिमा ८७, अन्य ०.३ र माइक्रोफाइनान्स ९ अंकले घटे।
कारोबारका आधारमा सानिमा माइ हाइड्रोपावर अग्रस्थानमा रह्यो। कुल २ करोड ९२ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता ४२३ मा झरेको छ। युनिलिभर नेपाल, बुटवल पावर कम्पनी पनि कारोबारका आधारमा अगाडि रहे।
फस्ट माइक्रोफाइनान्स र वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाए। कालिका माइक्रोक्रेडिट र एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताे ५ प्रतिशत बढी गुमाए।