सिद्धार्थ बैंकले एकै दिन चार शाखा संचालनमा ल्याएको छ।
सुनसरीको गढि, काभ्रेको रोसी, रुपन्देहीको मर्चवारी र तनहुँको देवघाट गाउँपालिकामा एकै साथ चार शाखा संचालनमा ल्याएको हो।
शाखाहरुबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ।
बैंकले निकट भविष्यमा नै बैंकिङ्ग पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ।
बैंकले गठ्ठाघर शाखालाई पर्याप्त पार्किङ्ग र ग्राहकमैत्री वातावरणसहितको गठ्ठाघरमै अवस्थित नयाँ आधुनिक भवनमा स्थानान्तरण गरेको छ। बैंकको प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन गरे।
हालै सञ्चालनमा आएकासहित बैंकका ८६ वटा शाखा पुगेका छन्। १०५ एटिएम ९९ शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन्। यस आवको पुस मसान्तसम्म बैंकले कुल निक्षेप ८५ अर्ब ५७ करोड संकलन गरी ७६ अर्ब ९५ करोड कर्जा प्रवाह गरेको छ।