प्रभु बैंकले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ३ स्थित शान्तिपुर बजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले एक समारोहकाबीच बैंक शाखाको उद्घाटन गरे।
हालसम्म कुनै पनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभुको पहिलो शाखा रहेको बैंकले जनाएको छ।
शाखाबाट स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराइने बैंकले प्रतिबद्धता जनाएको छ।