विगत केही दिनदेखि तराईका विभिन्न स्थानमा चलेको शितलहरबाट प्रभावितहरुका लागि आइएमई फाउन्डेशनले ब्ल्याङ्केट वितरण गरेको छ।
आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधी र ग्रुपका स्थानीय व्यवसायिक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका जम्दह र कल्याणपुर नगरपालिका भेडियाका सर्वसाधारणलाई ब्ल्याङ्केट वितरण गरे।
त्यस्तै सप्तरीस्थित राजविराज नगरपालिका ९, मलेठ र खड्क नगरपालिका–०३, बानरझुलामा रहेका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरिएको कम्पनीले जनाएको छ।
फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो।