धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटिजलाई सूचना चुहावट गरेको भन्दै कारबाही गरेको छ।
बिराटनगरस्थित शाखा प्रमुखले साधारणसभा अगावै ४० प्रतिशत हकप्रद आउने म्यासेज केही ठूला लगानीकर्तालाई पठाई सूचना चुहाएको पाइएपछि बोर्डले कारबाही गरेको हो।
‘४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो सेयर किन्नुहोस्’ भनेर प्रमुखले भाइबर म्यासेज गरेको छानविनमा भेटिएको बोर्डले जनाएको छ।
सूचना चुहेपछि बोर्डमा उजुरी परेको थियो। धितोपत्र ऐनको दफा १०१ को उपदफा (७) बमोजिम सो कम्पनीलाई पचहत्तर हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको जनाइएको छ।