सेयर बजारको परिसूचक तीन अंकले झरेपनि कारोबार भने बढेको छ।
यसअघि खुलेको बजारमा ४० करोडको कारोबार भएकोमा आज ५० करोड पुगेको छ। व्यापार २, होटल २५, फाइनान्स २, उत्पादन ३० र अन्य समूह १ अंकमा उक्लिएका छन्। बैंकिङ २, विकास बैंक ५, जलविद्युत ७, बीमा ७५ र माइक्रोफाइनान्स उपसूचक १२ अंकले घटे।
कारोबारका आधारमा ग्लोबल आइएमई (संस्थापक) बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ३४ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोको ५ करोड ६४ लाखको कारोबार भयो।
नाफा कमाउने आधारमा साना किसान विकास बैंकका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीको मूल्य २.६ प्रतिशतले बढेको छ। ग्लोबल आइएमई बैंक संस्थापकतर्फको मूल्य २. २ प्रतिशतले बढेको छ।
गुमाउनेमा सिटिजन्स बैंकका संस्थापक सेयरधनी अग्रस्थानमा रहे। सो कम्पनीको संस्थापक मूल्य ६. २ प्रतिशतले घटेको छ। नेको इन्स्योरेन्स, आरएसडिसी लघुवित्त, कन्काई विकास बैंक तथा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशत बढी गुमाए।