बुटवल पावर कम्पनीले माघ १५ गतेदेखि एफपिओ निश्कासन गर्ने भएको छ। कुल ४० लाख ८१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।
अंकित मूल्य १ सयमा प्रिमियम मूल्य प्रतिकित्ता ४०१ थपेर ५०१ रुपैयाँमा एफपिओ बिक्री गर्न लागिएको बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ।
एफपिओको लागि आवेदन माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्म दिन पाइनेछ। न्यूनतम दश कित्ता अर्थात पाँच हजार दश रुपैयाँदेखि अधिकतम २० हजार चार सय अर्थात एक करोड दुई लाख २० हजार चार सय रुपैयाँसम्मको आवेदन दिन पाइनेछ।
आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ। त्यस्तै एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनीबाट पनि आवेदन गर्न सकिने कम्पनीले जनाएको छ।
उसले ३० मेगावाटको न्यादी जलविद्युत आयोजना बनाउँदैछ। गत साता बजार बन्द हुँदा कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता मूल्य ६६५ रुपैयाँ छ।