प्रभु बैंकको ४० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्ला भएको छ। बैंकको २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन भएको हो।
पुस २० गतेसम्म सेयर भएकाहरुले यसमा हक दावी गर्न सक्नेछन्। आस्बा प्रणालीमार्फत नै सम्वन्धित बैंकका खाताबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन्। फागुन १३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।
बजारमा कम्पनीको सेयर मूल्य समायोजन भइ कारोबार भइरहेको छ। गत साता बजार बन्द हुँदा उसको मूल्य प्रतिकित्ता २४२ रुपैयाँमा छ। हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ रहेकोमा हकप्रदपछि ८ अर्ब नाघ्नेछ। कम्पनीले गत आवको नाफाबाट लाभांश घोषणा गर्न बाँकी नै छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २५ करोड ७ लाख खुद नाफा कमाएको छ। उसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा छ।