नेपाल क्रेडिट एण्ड कमर्स बैंकको भण्डन देउपुर नगरपालिकास्थित सिपाघाटमा शाखा संचालनमा आएको छ।
प्रमुख अतिथि सूचना तथा संचार मन्त्री एवं बैंकका पूर्व संचालक मोहन बहादुर बस्नेतले शाखाको उद्घाटन गरे।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले सिपाघाट क्षेत्रका स्थानीलाई बैंकिङ्ग सेवा सहज हुने विश्वास व्यक्त गरे। यसले सर्वसाधारणको जीवनस्तरमा समेत सघाउ पुग्ने उनले बताए।