ग्लोबल आइएमई बैंकले ११ औ वार्षिकोत्सवको अवसरमा निशुल्क आँखा शिविर संचालन गरेको छ। सिराहा जिल्लाको भगवानपुर गाउँपालिका २, नहरारिगौलस्थित लक्ष्मी नारायण जनता मा.वि को प्राङ्गढमा आयोजना गरिएको उक्त शिविरमा ३ सयभन्दा बढीको सहभागिता थियो।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योति संघ तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको हो। पहिल्लो समय वातावरण प्रदुषण तथा अन्य विभिन्न कारणबाट आँखामा विभिन्न समस्याहरु देखिन थालेको कारण उक्त शिविर संचालन गरिएको कम्पनीले जनाएको छ।
ग्लोबल आइएमईले बिशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना कालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रहरु जस्तै मुलुकमा आइपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य सामाजिक कार्यहरुमा पनि सहयोग गर्दै आएको छ।
यसअघि ११ औं वार्षिकोत्सवकै अवसरमा समाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम, निः शुल्क मधुमेह परीक्षण, वित्तीय साक्षरताको लागि प्रभातफेरि, दृष्टिविहीन तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको थियो।