नेपाल राष्ट्र बैंकले ऋणपत्र खरिदमार्फत दिन खोजेको रकममा बैंकहरु अनिच्छुक देखिएका छन्।
आज १० अर्ब रुपैयाँको ऋणपत्र खरिद गरी रकम बैंकिङ प्रणालीमा प्रवाह गर्न खोजेकोमा ४० करोड मात्रै गएको छ। ३ वटा बैंक तथा वित्तीय संस्थाहरुले आवेदन गरेका थिए। १ अर्ब रुपैयाँको लागि आवेदन परे पनि ४० करोड रुपैयाँका लागि मात्रै २ बैंकहरु योग्य रहे।
राजश्व रकम संकलनपश्चात तरलता संकुचन भएको हल्ला चलेपछि बैंकले रकम प्रवाह गर्न खोजेको थियो। यसरी लिएको रकम थप लगानीका लागि नहुने भएकाले लिन नचाहेको बैंकर्स बताउँछन्।