ग्लोबल आइएमई बैंकले फरक क्षमताका विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ।
११औँ वार्षिकोत्सवको अवसरमा पर्वतको कुस्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा अध्ययनरत पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ३५ जना दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुहरुलाई बैंकको लोगोअंकित ज्याकेट वितरण गरेको हो।
एघारौँ वार्षिकोत्सव बैंकले यसअघि समाजिक उत्तरदायित्व अन्र्तगत नै रक्तदान कार्यक्रम, निः शुल्क मधुमेह परिक्षण, वित्तीय साक्षरताको लागि प्रभातफेरि, जस्ता कार्यक्रमको आयोजना गरिसकेको छ।
२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको एक दशकमा बैंक अफ द इयर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अवार्डबाट सम्मानित भइसकेको छ।
बैंकका ११३ शाखा, १२७ एटिएम, ४ बटा एक्टेन्सन काउण्टर, ५९ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।