नेप्से परिसूचक घट्दा सेयरको कारोबार भने बढेको छ। बुधबार ७ अंकले नेप्से घटेको छ। यद्यपी कारोबार रकममा भने सुधार आएको छ।
अघिल्लो दिन ३६ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ४० करोड पुगेको छ। यस दिन १५८ कम्पनीहरुको कारोबार भयो।
माइक्रोफाइनान्स बाहेकका सबै उपसूचक घटेका छन्। सो उपसूचक ४ अंकले बढ्यो। बैंकिङ ७, होटल ७, विकास बैंक ७, जलविद्युत १५, फाइनान्स २, उत्पादन २, बिमा ०.८ तथा अन्य उपसूचक १० अंकले घटे।
कारोबारका आधारमा सानिमा माइ हाइड्रो अग्रस्थानमा रह्यो। सो कम्पनीको १२ करोडको कारोबार भयो। मूल्य प्रतिकित्ता ४१८ कायम भएको छ।
नविल बैंकको २ करोड १० लाखको कारोबार भयो। आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत कमाउँदा अपि पावरका लगानीकर्ताले सबैभन्दा धेरै साढे ३ प्रतिशत गुमाए।