गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बिमितलाई दावी भुक्तानी गरेको छ। बिमित लम्जुङ्ग जिल्ला राइनस नगरपालिका वडा नं. २ का शुक्रबहादुर सेनको वैदेशिक रोजगारीको क्रममा हृदयघातले मृत्यु भएपछि उनको परिवारलाई बिमकले दावी भुक्तानी गरेको हो।
सेनले गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए।
एक कार्यक्रममार्फत उनलाई ५ लाख ५० हजार भुक्तानी गरिएको कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले जानकारी दिए। रुपाखेतीले सेनकी श्रीमती सपना शाही मल्ललाई रकम हस्तान्तरण गरे।