मंगलबार सेयर बजारका सबै सूचकहरु ओर्लिएका छन्। नेप्से परिसूचक १७ अंकले ओर्लिँदा सेन्सिटिभ इन्डेक्स ३.७ अंकले झरेको छ।
आजको कारोबारपछि नेप्से १४१३ अंकमा कायम भएको छ। बैंकिङ १२, व्यापार २, होटल ५, विकास बैंक १५, जलविद्युत १००, फाइनान्स ३, बिमा ८८, उत्पादन ३, माइक्रोफाइनान्स १७ र अन्य उपसूचक ९ अंकले घटेका छन्।
बजारको पुँजीकरण १६ खर्ब ५१ अर्ब कायम भएको छ। यस दिन कुल १५४ कम्पनीको ३६ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भयो।
कारोबारका आधारमा सानिमा माइ हाइड्रो अग्रस्थानमा रह्यो। सो कम्पनीको ५ करोड ४५ लाख रुपैयाँको कारोबार हुँदा मूल्य प्रतिकित्ता ४३० कायम भएको छ।
नविल बैंकको २ करोड २९ लाखको कारोबार भयो। नेसनल लाइफ तथा नेपाल लाइफ इन्स्योरेन्सको कारोबार पनि उच्च रह्यो। एनआइबिएल प्रगति फण्डको मूल्य ४ प्रतिशतले बढेको छ।
माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले २.७ प्रतिशत कमाए। गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीको मूल्य ७.९ प्रतिशतले घट्दा चिलिमेका लगानीकर्ताले ७.४ प्रतिशत गुमाए। बुटवल पावरको मूल्य ७ प्रतिशतले घट्यो।