पुसको अन्तिम दिन एभरेष्ट बैंक तथा ज्योति विकास बैंकको लाभांश स्वीकृत भएको छ। यी कम्पनीका संचालक समितिबाट प्रस्तावित लाभांश आज बसेको साधारणसभाबाट स्वीकृत भएको हो।
एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश स्वीकृत भएको छ। बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब नाघेको छ। साथै बैंकले वार्षिक साधारणसभाको अवसरमा पाँच शाखा संचालनमा ल्याएको छ।
महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा उसले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो।
त्यस्तै ज्योति विकास बैंकको १० प्रतिशत बोनस साधारणसभाबाट पारित भएको छ। तत्कालीन राप्तीभेरी बिकास बैंकका शेयरधनीहरुलाई गत आवको नाफाबाट ६ प्रतिशतका दरले हुुने बोनस पनि स्वीकृत भएको छ।