बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा बसेको हिमालयन बैंकको साधारणसभाले २५ प्रतिशत बोनस सेयरसहितको प्रस्ताव पारित गरेको छ।
सभाले शेयरधनीहरुलाई कर प्रयोजनका लागि आवश्यक रकम समेत दिनेगरी प्रस्ताव पारित गरेको हो। यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्व ११ करोड पुग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले गत आवको प्रतिवेदन प्रस्तुत गरेका थिए। सोही अवसरमा अध्यक्ष श्रेष्ठले आ.व. २०७३/७४ अन्त्यसम्म ९२ अर्व ८८ करोड निक्षेप संकलन गरी ७७ अर्व ६४ करोड कर्जा प्रवाह गरेको जानकारी गराए। जुन अघिल्ला वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी हो ।
उनले यो वर्ष ६ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने तथा नेपाल सरकारको योजना अनुरुप स्थानीय तहमा शाखाहरु स्थापना गर्दै जाने बताए।