सामुदायिक लघुवित्तको आइपिओ माघ ९ गतेदेखि खुल्ने भएको छ। कम्पनीको कुल ३ लाख कित्ता सेयर बिक्री खुल्न लागेको हो।
जसमध्ये ४ प्रतिशत अर्थात १२ हजार कित्ता कर्मचारी तथा ५ प्रतिशत अर्थात १५ हजार कित्ता म्यचुअल फण्डको लागि छुट्याइएको छ। बाँकी २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि हो।
बिक्री प्रवन्धकका रुपमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ रहेको छ। कम्पनीका अनुसार कम्तीमा ५० र अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आस्बा सदस्य संस्थाहरुबाट आवेदन भर्न सकिनेछ।
आवेदन १२ गतेसम्म खुल्ला रहनेछ। अहिले ७ करोडको चुक्ता पुँजी रहेको कम्पनीको आइपिओपछि १० करोड पुग्नेछ। १५ जिल्लामा वित्तीय कारोबार गर्दै आएको संस्थाको प्रधान कार्यालय काभ्रेपलान्चोक जिल्लामा रहेको छ।