नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र खरिदमार्फत बैंकिङ प्रणालीमा १० अर्ब पठाउन खोज्दा बैंकहरुले भने साढे ६ अर्ब रुपैयाँ मात्रै लिएका छन्।
बैंकहरुले लगानीयोग्य रकमको अभावले अप्ठेरो परेको बताइरहँदा राष्ट्र बैंकले प्रवाह गर्न खोजेको रकममा भने कम आवेदन देखिएको छ।
१० अर्ब रुपैयाँको विकास ऋणपत्र सोझै बोलकबोलमार्फत खरिद गरी रकम प्रवाह गर्न खोजिएकोमा ६ अर्ब ५३ करोड रुपैयाँको लागि मात्रै आवेदन परेको राष्ट्र बैंक ऋण व्यवस्थापन विभागले जनाएको छ। १२ वटा बैंक तथा वित्तीय संस्थाहरुले यो आवेदन दिएका थिए।
यसअघि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र खरिद गरेको थियो। अघिल्ला तीन चरणसम्म मागभन्दा आवेदन बढी परे पनि चौथो दिन भने कम आवेदन परेको छ।