नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङ्गाना सर्वसम्मतिले चयन भएका छन्।
तत्कालीन अध्यक्ष अनिलकेशरी शाहले मेगा बैंक छाडेसँगै यो पद रिक्त रहँदै आएको थियो। सो पदमा ढुङ्गानाको मात्रै आवेदन परेपछि उनी सर्वसम्मतिले चयन भएका हुन्।
उपाध्यक्ष ढुङ्गानाले कार्यवहाकको जिम्मा लिँदै आएका थिए। नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनलाई साधारणसभाले औपचारिक रुपमा घोषणा गर्नेछ। संघका अनुसार आजै साँझ साधारणसभाको बैठक बस्दैछ।