एनआइसी एसिया क्यापिटलले म्युचुअल फण्ड निश्कासनको स्वीकृति पाएको छ।
कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जारी गर्नेछ। ‘एनआइसी एसिया ग्रोथ फण्ड’ नामको यो योजनाको कोष प्रवद्र्धक एनआइसी एसिया बैंक हो।
१० करोड इकाईमध्ये १५ प्रतिशत बैंकका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।