ज्योति लाइफ इन्स्योरेन्सले विभिन्न जिल्लामा तीन शाखा थपेको छ। मकवानपुरको हेटौंडा, बागलुङ्ग बजार र तनहुँको दमौलीमा नयाँ शाखा संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।
यसअघि काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरी कम्पनीको २३ शाखा तथा उपशाखाहरु संचालनमा छन्।
कम्पनीले हालैमात्र एनएमबि बैंकसँग बैंकासुरेन्स सम्झौता गरेर ५ प्रकारका जीवन वीमा योजना ल्याएको छ।
यसका साथै कम्पनीले मंगलबारबाट ‘ज्योति एकल तथा सिमित अवधि सावधिक जीवन बीमालेख’ नामका नयाँ योजना थपेको छ।
यो बीमा योजनामा सहभागी हुन चाहनेले एकमुष्ट रकम तिर्ने गरी वा सिमित अवधिभित्र भुक्तानी गर्ने गरी बीमालेख खरिद गर्न सक्ने र बीमितले जोखिम बहनका साथै आकर्षक प्रतिफल समेत पाउन सक्ने कम्पनीले जनाएको छ।