गुडविल फाइनान्सले ‘आइएम एमबिए’ पुस्तक र एप सार्वजनिक गरेको छ।
वित्तीय साक्षरता वृद्धि गर्ने उद्देश्यले पुस्तक र एप ल्याइएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए। बचतले नै आर्थिक समृद्धि हुने भन्दै विद्यार्थी र गृहणीहरुलाई बचतको बानी बसाल्न फाइनान्सले आई एम एमबीए (मास्टर अफ बचत एण्ड आर्जन) एप र पुस्तक तयार गरेको हो।
नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जवराले एप सार्वजनिक गरे। फाइनान्सले काष्ठमण्डपको होलोग्राम बनाएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ।
कार्यक्रममा बोल्दै काठमाडौका मेयर विद्यासुन्दर शाक्यले आफू पनि कुनै समय यस फाइनान्सको ऋणी भएको बताउँदै अर्थिक समृद्धिमा सहयोग पुगेको बताए। ८ प्रकारका फिचर रहेको यो एपले नेपालमा वित्तीय ज्ञान बढाउने फाइनान्सको विश्वास छ।