मुलुकको शोधनान्तर स्थिति २ अर्ब ४० करोडले बचतमा गएको छ। मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँदछ। चालु आवको पहिलो २ महिनासम्म शोधनान्तर स्थिति घाटामा थियो भने तेस्रो र चौथो महिनामा बचतमा देखिएको हो।
यो अवधिमा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रिएको छ। व्यापार घाटा यस अवधिमा ३ खर्ब ७ अर्ब पुगेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ४२ करोड र प्रत्येक्ष वैदेशिक लगानी आप्रवाह १० अर्ब १७ करोड रहेको राष्ट्र बैंकले जनाएको छ।