नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा सावधानी अपनाउनुपर्ने आवश्यकता ठहर गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेपभन्दा कर्जा प्रवाहको वृद्धिदर बढेपछि उसले सो निर्देशन दिएको हो।
बैंकका अनुसार कात्तिक महिनामा कर्जा प्रवाह १७. ५ प्रतिशतले बढेको छ भने निक्षेप संकलन १४. ९ प्रतिशतले मात्रै बढेको छ। कर्जा प्रवाह र निक्षेप संकलनबीच असन्तुलन देखिएको भन्दै उसले कर्जा प्रवाहमा सावधानी अपनाउनुपर्ने जनाएको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले अधिक कर्जा प्रवाह गरेपछि लगानीयोग्य रकमको समेत अभाव देखिएको छ। यद्यपी निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेकोले सरकारी खर्च खासगरी स्थानीय तहको सरकारी खर्च वृद्धि हुने अपेक्षा गर्दै बैंकले वित्तीय क्षेत्रमा देखिएको घर्षणमा सहजीकरण हुने बैंकको विश्वास छ।