नेपाल राष्ट्र बैंकले रेमिट्यान्स घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आवको पहिलो चार महिनाको विवरण सार्वजनिक गर्दै उसले रेमिट्यान्समा १.४ प्रतिशतले कमी आएको जनाएको छ।
साउन, भदौ, असोज र कात्तिकमा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रिएको छ। जवकि गत आवको यसै अवधिमा २ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रिएको थियो। यसले समग्र अर्थतन्त्रमा चुनौति थपिएको बैंकले जनाएको छ।
जवकि अघिल्लो वर्ष ७. ८ प्रतिशतले रेमिट्यान्स बढेको थियो। वैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा कमी आएसँगै रेमिट्यान्सको वृद्धिदरमा पनि असर देखिएको हो।
वैदेशिक रोजगार विभागका अनुसार चार महिनामा १ लाख २४ हजार ५१८ नेपाली कामका लागि विदेसिएका छन्। अघिल्लो वर्षको यसै अवधिमा १ लाख २५ हजार ७८१ जना बाहिरिएका थिए।