ग्लोबल आइएमई बैंकले बुधबार तेह्रथुम जिल्लाको लालीगुरासँ नगरपालिका लसुनेमा आफ्नो ५६ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुन बाबु माबुहाङ्गलेसंयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरी सेवाको उदघाटन गरे।
स्थानीय अर्जुन श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हट्दै जाने बैंकको विश्वास छ।
असोज मसान्तसम्म १ खर्व ४ अर्व निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी गरेको बैंकको हाल १०८ वटा शाखाहरु संचालनमा छन्।
१२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५६ शाखा रहित बैंकिङ्ग सेवा पुगेका छन्।