नेपाल इन्भेष्टमेन्ट बैंकले कालिकोट र दैलेखमा दुई शाखा संचालनमा ल्याएको छ। कालिकोटको नाग्ममा ६२ औं र दैलेखको डाबमा ६३ औं शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ।
यसअघि यी दुबै स्थानमा एक्स्टेन्सन काउन्टर रहेकोमा स्थानीय आवश्यकता अनुसार आर्थिक कारोबार बढी हुन थालेपछि शाखाको रुपमा रुपान्तरण गरिएको हो। यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा बैंकका शाखा चार पुगेको छ।
आठ लाखभन्दा बढी ग्राहक रहेको बैंकका हाल ६३ वटा शाखा तथा ९७ एटिएम पुगेको छ। ५४ वटा शाखारहित बैंकिङ सेवा संचालनमा छन्। निजी क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १० अर्ब ६३ करोड रहेको बैंकको हाल निक्षेप १३१ अर्ब तथा कूल कर्जा लगानी १०७ अर्ब पुगेको छ।