साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक १२ अंकले घटेको छ। सो अंक घटेसँगै नेप्से १४७२ अंकमा अडेको छ। १५३ कम्पनीको ४७ करोड ५८ लाखको कारोबार भयो।
बजारको पुँजीकरण १७ खर्ब ११ अर्ब कायम भएको छ। उत्पादनबाहेकका सबै उपसूचक घटेका छन्। सो उपसूचक १४ अंकले बढ्यो।
बैंकिङ ६, व्यापार १, होटल ११, विकास बैंक १९, जलविद्युत २२, फाइनान्स २, बिमा ७७, अन्य २३ र माइक्रोफाइनान्स उपसूचक २१ अंकले घटेका छन्।
स्टान्डर्ड चार्टड बैंकको सबैभन्दा बढी ३ करोड ७७ लाखको कारोबार भयो। नेपाल टेलिकमको ३ करोड ५८ लाखको कारोबार भयो।
माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ६ प्रतिशत कमाए भने ललितपुर तथा प्रोग्रेसिभ फाइनान्सको मूल्य ५ प्रतिशतले बढ्यो। विजय लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत गुमाए।