प्रिमियर इन्स्योरेन्सले पुस १६ गतेदेखि एफपिओ बिक्री खुल्ला गर्ने भएको छ।
कम्पनीले ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ प्रतिकित्ता ७९९ रुपैयाँमा बिक्री गर्ने भएको हो। हाल उसको बजार मूल्य १५३० रुपैयाँको हाराहारीमा छ।
चाँडोमा पुस १९ गतेसम्म एफपिओमा आवेदन दिन सकिनेछ। बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट आस्बा फारम भरी आवेदन गर्न सक्नेछन्।
कम्पनीले संस्थापक तथा साधारण समूहको स्वामित्व ५१ र ४९ को अनुपातमा कायम गर्नका लागि एफपिओ जारी गर्ने भएको हो।
कम्पनीको चुक्ता पुँजी हाल ४४ करोड ८५ लाख छ। एफपिओपछि ५१ करोड ४४ लाख पुग्नेछ।