ग्लोबल आइएमई बैंकले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिकास्थित याखा चोकमा आफ्नो शाखारहित सेवा संचालनमा ल्याएको छ।
सोसहित उसले ५५ औँ शाखारहित बैंकिङ्ग सेवा पुर्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरी सेवाको उद्घाटन गरे। उक्त स्थानमा स्थानीय अनिरुद्र सिहं लिङ्गखालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ।
साथै पौड्यालले स्थानीय ९० वर्षीया ज्येष्ठ नागरिक ललुमाया सुबेदीको नाममा खाता खोली व्यक्तिगत रुपमा २,५०० रुपैयाँ जम्मा गरिदिएर कारोबारको सुभारम्भ गरे।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखा चोक लगायत वरपरका बासिन्दालाई बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हट्ने बैंकको विश्वास छ।