एनआईसी एसिया बैंकले दुर्गम जिल्ला बाजुराको मार्तडीमा शाखा संचालनमा ल्याएको छ।
बैंकले सक्षम एक्सेस टु फाइनान्ससँगकोे सहकार्यमा बडीमालिका नगरपालिकास्थित मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
उक्त शाखा कार्यालयको बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले उदघाटन गरे। सो अवसरमा नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक नारायण पौडेलले ग्रामीण तथा दुर्गम स्थानमा बैकिङ्ग पहुँच अभिवृद्धि गर्ने कार्यमा शाखा महत्वपूर्ण रहेको उल्लेख गरे।
सक्षम तथा एनआइसी एसिया बैंकको साझेदारीले ग्रामीण क्षेत्रमा बैंकको पहुँच पु¥याउने सरकारी लक्ष्यमा टेवा पुगेको उनले बताए।
शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो। बाजुरा शाखाको समुद्घाटन सँगै हाल यस बैंकले नेपालभर १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट ग्राहकले सेवा लिँदै आएका छन्।