आइएमई जनरल इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर निश्कासनको प्रक्रिया थालेको छ।
यसअघिको साधारण सभाको निर्णयानुसार १० बराबर ८ को अनुपातमा हकप्रद जारी गर्ने निर्णयअनुसार उसले बिक्री प्रवन्धक नियुक्त गरेको छ।
ग्लोवल आइएमई क्यापिटल बिक्री प्रवन्धकको रुपमा नियुक्त गरिएको आइएमईले जनाएको छ। उक्त सम्झौतापत्रमा आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे।
सो अवसरमा श्रेष्ठले ८० प्रतशित हकपद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख पुग्ने जानकारी दिए। त्यसपछि बोनस शेयर दिई कम्पनीले १ अर्ब २ करोड पुर्याइने उनको भनाइ छ।
हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शाखा कार्यालय संचालनमा छन्।