आइएमई समूहद्रारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लैनचौरस्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा सरेको छ। नयाँ भवनको कम्पनीका अध्यक्ष हेमराज ढकालले उद्घाटन गरे।
सो अवसरमाकम्पनीका संचालकहरु तथा समुहमा सम्वद्घ पदाधिकारीहरुको उपस्थिति थियो। सुचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्नु नै कम्पनीको मुख्य उद्देश्य हो।
पुँजी बजारका अलवा दीर्घकालीन लगानीका रुपमा रियलस्टेट, हाईड्रोपावर, बीमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको कम्पनीले विगतमा समस्याग्रस्त रहेका एनबि इन्स्योरेन्स र अरुण फाईनान्सको सेयर विभिन्न समुहमा ब्यवस्थापन गरी संचालनमा ल्याएको छ।
उद्घाटनको अवसरमा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापिटलमा कार्य गर्दै लैजाने बताए। यसै गरी प्रबन्ध संचालक अम्बिकाप्रसाद पौडेलले विगतको आरोह अवरोहका बीचमा कम्पनीले गरेको प्रगतीको चर्चा गरे।
यस कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केट मार्फत गर्न सक्ने छन्। कम्पनीको ५० प्रतिकित्ता शेयर १२५ मा अन्तिम कारोबार भएको छ।