सेञ्चुरी कमर्सियल बैंकको गौशालामा एक्सटेन्सन काउन्टर संचालनमा आएको छ। काठमाडौं महानगरपालिकाको सहयोगमा वडा नं ९ को गौशाखा कार्यालमा बैंकले छैठौं एक्सटेन्सन काउन्टर खोलेको हो।
मेयर विद्या सुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरे। बैंकले चाँडै नै २ वटा थप वित्तीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ।
४० प्रतिशत हकप्रद जारी गरिसकेकोले अब केही बोनस शेयर जारी गरी ८ अर्वको पुँजी पु¥याउँदै छ। साथै बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्दैछ।