एनआईसी एसिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा संचालनमा आएको छ।
एक समारोहकाबीच प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले सो शाखाको औपचारिक उदघाटन गरे।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले थप स्थानहरुमा चाँडै नै शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।
शाखा सञ्जाल, एटिएम संख्या, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एसिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एक हो।